काठमाडौं, असार ६ : बलिउड सोडान्स मार्फत नेपालले पहिलाे पटक ‘मिस ग्राण्ड इन्टरनेशनल’ प्रतियोगितामा भाग लिने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै ‘मिस ग्राण्ड नेपाल’ को आवेदन फारम खुलाएको आयोजक जानकारी दिएको हो ।
आयोजक अनुसार आजबाट खुलाएको आवेदन फारम जुलाईभरीसम्म भर्न पाउनेछन् । आवेदन फारम www.missgrandnepal.com मा गएर भर्न सकिने छ । अडिसन काठमाडौँ, धरान, धनगढी, चितवन र पोखरामा हुने आयोजकले जनाएको छ ।
उक्त अडिसनबाट छनोट भएका २५ प्रतियोगीहरूलाई २० दिनको आन्तरिक ग्रुमिङ कक्षालायतका तालिम सञ्चालनसँगै छनोट गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले भेनेजुएलामा हुने ‘मिस ग्राण्ड इन्टरनेशनल २०१९’मा सहभागी जनाउन पाउनेछन् ।
‘मिस ग्राण्ड नेपाल’ प्रतियोगितामा सहभागी जनाउको लागि उचाइ ५.५ इन्च हुनुपर्ने छ भने उमेरमा १७ देखि २७ वर्षबीचकाे हुनुपर्ने छ । त्यस्तै अविवाहित हुनुपर्ने र नेपाली नागरिक हुनुपर्ने पनि आयोजकले जनाएको छ ।