सुक्खा पहिरोका कारण १७ जना कामदार सुरुङभित्रै थुनियाे

| 2019 Jun 21 | 07:56 am 2045

काठमाडौं, असार ६: रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश गर्ने पहुँचमार्गमा सुक्खा पहिरो गएका कारण १७ जना कामदार सुरुङभित्रै थुनिएका छन् । बिहिबार राति ८ बजेतिर सुक्खा पहिरो जाँदा १७ जना कामदार सुरुङभित्र अलपत्र परेका हुन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गएराति सुरुङको बाहिरी भागमा सुक्खा पहिरो जाँदा कामदार भित्रै थुनिएका हुन् ।

सुरुङभित्र रहेका ११ नेपाली र ६ जना चिनियाँ कामदार अहिले सुरुङभित्रै थुनिएको र उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

फसेका कामदारसँग् सम्पर्क भइरहेको र टनेलभित्र सुरक्षित अवस्थामा रहेकाले अहिले पहिरो पन्छाएर उद्धार गरिने प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.