नक्कली डीएसपी पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 20 | 08:02 pm 2778

काठमाडौं, असार ५ : नेपाल प्रहरीका डीएसपी हुँ भन्दै धाकधम्की दिँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भई हाल जोरपाटी बस्दै आएका वर्ष ३८ को नारायण भन्ने भोला गौतम रहेका छन् ।

गौतमले डीएसपीको युनिफर्म लगाएको फोटो मोबाइलमा राखेर केही व्यक्तिलाई हातपात तथा लछारपछार समेत गरेको खुल्न आएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार गौतकले डीएसपी हुँ भन्दै केहीदिन अघि सार्वजनिक स्थानमा विकास बस्नेत र सुजन प्रसाईंलाई हातपात गरेका थिए ।

उनीहरुको उजुरीको आधारमा गौतमलाई बौद्धस्थित नयाँवस्तीबाट पक्राउ गरेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ब

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.