समाज हेलिकोप्टरमार्फत गर्भवती महिलाको उद्धार

रिपोर्ट नेपाल | 2019 Jun 20 | 06:44 pm 2428

धनगढी, असार ५ : सुदूरपश्चिम प्रदेश सरकारले एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरेको छ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी २२ वर्षीय रजनी विकको हेलिकोप्टरमार्फत बिहीबार उद्धार गरिएको हो।

तीन दिन पहिले व्यथा लागेकी महिलाको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा उद्धार गरिएको हो। उनको अवस्था जटिल भएपछि उद्धार गरेर कोहलपुर लगिएको छ।

सुदूरपश्चिम प्रदेश सरकारले विकट क्षेत्रका गर्भवती महिलाको उद्धारका लागि चालू आर्थिक वर्षमा एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। हालसम्म छ जना गर्भवती महिलाको उद्धार गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.