प्रदर्शनकारीलाई रोक्न सुरक्षाका दशघेरा

रिपोर्ट नेपाल | 2019 Jun 19 | 05:29 pm 2299

काठमाडौं, असार ४:  मंगलबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले गुठी विधेयक फिर्ता गरेको घोषणा गरेपनि आज बुधबार गुठी पक्षधरहरुले बिशाल प्रदर्शन गरेका छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका गुठी पक्षधरले माइतीघर मण्डलामा बिशाल प्रदर्शन गरेका हुन् । गुटी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने घोषणाका साथ प्रदर्शनमा उत्रिएका गुठीयारलाई निषेधित क्षेत्रमा रोक्नका लागि माइतीघर र नयाँ बानेश्वरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

सम्भाव्य निषेधित क्षेत्रमा प्रवेश गर्न सक्ने कुरालाई मध्येनजर राख्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीको दुबै ठाउँमा दश घेरा सुरक्षाकर्मी तैनाथ गरिएको थियो । त्यति बिशाल कार्यक्रममा सुरक्षा निकायले सोचे जस्तो उग्र प्रदर्शन भएन ।

बबरमहलमा भने केही क्षण प्रहरी र प्रदर्शनकारी बीच सामान्य धकेलाधकेल भएको थियो । नयाँ बानेश्वरको निषेधित एरियाको स्थानसम्म जान पाउनुपर्ने भन्दै प्रदर्शनकारी उत्तेजित बन्न खोजेका थिए । प्रहरीले तत्कालै संयमता अपनाई जान मिल्ने ठाउँसम्म जान दिइएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.