रूपन्देही, असार ३ : प्रहरीले भैरहवा विमानस्थलबाट एउटा पेस्तोल र १६ राउण्ड गोलीसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतकाे उतर प्रदेशका वर्ष ५० को उमेश शुक्ला प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनी मंगलबार दिउँसो बुद्ध एयरको विमानमार्फत भैरवहा विमानस्थल हुँदै पोखरा उड्न लागेका थिए । तर, एक्सरेमा शंकास्पद दृश्य देखिएपछि खनतलासीका क्रममा पेस्तोल भेटिएको थियो ।
उनले त्यो हतियार लाइसेन्स प्राप्त भएको दाबी गरेका छन् । तर, प्रहरीसमक्ष लाइसेन्स देखाउन सकेका छैनन् । थप अनुसन्धान भइरहेको छ ।