कांग्रेसको अवरोध संसदीय व्यवस्थामाथिकै धावा : योगेश भट्टराई

रिपोर्ट नेपाल | 2019 Jun 18 | 05:01 pm 2451

काठमाडौं, असार ३ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेशकुमार भट्टराईले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिनु संसदीय व्यवस्थामाथिकै धावा भएको टिप्पणी गरेका छन् ।

कांग्रेसले प्रधानमन्त्रीले बोल्नुअघि प्रतिपक्ष दलका नेताले बोल्न पाउनु पर्छ भनेर संसदमा गैरसंसदीय कुरा गरेको सांसद भट्टराईले बताएका छन् । उनले आफूलाई संसदीय व्यवस्थाको पर्यायवाची ठान्ने कांग्रेसले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको यो घटना नेपालको संसदीय इतिहासकै निन्दनीय घटना भएको बताएका छन् ।

संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद भट्टराईले जनसरोकारका विभिन्न विषयमा सरकारको पोजिसन स्पष्ट पार्न रोष्टममा पुगेका प्रधानमन्त्रीलाई बोल्न नदिएर, संसद चल्न नदिएर कांग्रेसले निन्दनीय काम गरेको उल्लेख गर्दै आक्रोश पनि व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.