लागुऔषधसहित १ विदेशी नागरिक पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 14 | 06:11 pm 3066

काठमाडौं, जेठ ३१ :  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अमेरिकी नागरिक विलियम हिरोन भएको महानगरीय प्रहरीले जनाएको छ।

विलियम आज बिहान १० बजे नेपाल एयरलाईन्सको बैङकक आरए ४०१ को उडानबाट बैङकक हुदै अमेरिका जान लागेका थिए।

विमानस्थलको डिपाचर एटु एक्स–रे होल्ड व्यागेजमा ब्याग चेकजाँच गर्दा उनको लगेजमा चरेस फेला परेको थियो। अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिएको र कानूनी प्रकृया अघि बढाएको महानगरीय प्रहरीले जनाएकाे छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.