गुल्मेली प्रजातन्त्र सेनानी खत्रीको निधन

रिपोर्ट नेपाल | 2019 Jun 14 | 04:17 pm 5575

काठमाडौं, जेठ ३१:  नेपाली कांग्रेसका नेता प्रजातन्त्र सेनानी खड्कबहादुर खत्रीको शुक्राबार बिहान साढे दश बजे निधन भएको छ । गुल्मी जिल्लाको साविक धुर्कोट राजस्थलमा १९९७ साउनमा जन्मीएका खत्री बीस वर्षको उमेर देखि निर्वासनमा बसेका थिए ।

ओठमा जुगाँको रेखी बस्दै २०१८ सालको क्रान्तिमा होमिएका खत्रीका सहकर्मी शमशेरबहादुर खत्रीको त्यसबेला शासकले टाउको काटेर घुमाएका थिए । मुलुकको प्रजातान्त्रिक आन्दोलनमा सकृय खत्री दम रोगबाट पीडित रहेका थिए ।

सात वर्ष लामो जेल जीवन बिताएका खत्रीले जेलबाटै बिए पास गरेका थिए । दम रोगबाट पीडित उनी काठमाडौं हात्तीगैंडामा छोरीसँगै बस्दै आएका थिए । नेपाली कांग्रेसको महासमिति सदस्य समेत भएका खत्री पार्टीका इमान्दार सिपाही रहेको नेविसंघका संस्थापक सदस्य प्रेमनाथ आचार्यले बताए ।

खत्रीलाई अन्तिम श्रद्धाञ्जली दिन केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, पुष्पा भुसाल, बद्री पाण्डे लगायतका नेता कार्यकर्ता आर्यघाट पुगेका थिए । खत्रीको पार्थिव शरीरमा नेताहरुले पार्टी र नेविसंघको झण्डा ओढाएका थिए । नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाको कार्यकालमा खत्री नेविसंघ केन्द्रीय सदस्य रहेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.