डोजरको ठक्करले तीन जनाको मृत्यु

रिपोर्ट नेपाल | 2019 Jun 14 | 09:29 am 2352

कञ्चनपुर, जेठ ३१:  महेन्द्रनगरको गड्डाचौकी सडकखण्डस्थित भागवती टोलमा शुक्रबार बिहान एक कन्ट्रक्सन कम्पनीको डोजरले अटो रिक्सालाई ठक्कर दिदा त्यसमा सवार तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी दिनेश आचार्यका अनुसार मृतकको सनाखत हुन सकेको छैन । दुर्घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । डोजरले ठक्कर दिएपछि गड्डाचौकी सडकखण्डको भगवती टोल अहिले तनावग्रस्त बनेको छ ।

डोजरले लापरबाही गरेको भन्दै स्थानीयबासी सडकमा उत्रेका छन् । घटनालाई सामान्य गराउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.