काठमाडौं, जेठ ३१: नेकपाका केन्द्रीय सदस्य एवम् पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । चितवनको माडी स्थित आफ्नै निवासमा नेता पौडेलको हृदयघातका कारण शुक्रबार निधन भएको परिवारले जनाएका छन् ।
मृदुभाषी एवम् हक्की स्वभावका नेता आफ्नो जिम्मेवारी प्रति सधै चिन्तन रहने गरेको नेकपाका कार्यकर्ताले बताएका छन् । पौडेलको निधन प्रति नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले दुःख व्यक्त गरेका छन् ।
पौडेलको निधनको खबर पाउना साथ यतिखेर उनको निवासमा छिमेकी जिल्लाबाट समेत नेता, कार्यकर्ता र शुभेच्छुकको भिड लागेको छ । पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधनको खबर पाउनासाथ चिन्तित बनेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) अन्तिम श्रद्धाञ्जलीका लागि चितवन जादैछन् ।