प्रतिबन्धीत लागूऔषध सहित ६ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 13 | 02:30 pm 2147

काठमाडौं, जेठ ३०:  विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट सिन्धुपाल्चोक चौतारा नगरपालिका–२ का ३४ वर्षीय विदुर थापालाई प्रतिबन्धीत लागूऔषध डाइजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल, नुर्फिन ५० एम्पुल र नाइट्राभेट १ सय ८० ट्याव्लेट सहित प्रहरीले पक्राउ गरेको हो । नारायणगढबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ९५५ नम्बरको बसमा जाँच गर्ने क्रममा झोलाभित्र लुकाइछिपाई ल्याउँदै गरेको उक्त लागूऔषध सहित बसमा सवार थापालाई पक्राउ गरेको प्रहरीले जनाए ।

यसैगरी नागढुंगाबाटै भारत विहारका १९ वर्षीय महम्मद सवीरलाई नियन्त्रित लागूऔषध डाइजेल्याब १ सय एम्पुल, फेनारगन १ सय एम्पुल, नुर्फिन १ सय एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ । धरानबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ५९५९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई लागूऔषधसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै पर्सागढी नगरपालिका–१ मनवा बजारबाट सोही नगरपालिका–२ का २० वर्षीय रामचरण महतो चौधरी समेत गरी ३ जनालाई लागूऔषध नाइट्रोभेट ६० पिस सहित प्रहरीले पक्राउ गरेको छ । लागूऔषध सेवन गरी स्थानीयसँग बादविवाद गरिरहेको भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी मनवाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी पोखरा महानगरपालिका–१० बुद्धचोकबाट सोही महानगरपालिका–९ घर भएका ३८ वर्षीया देवी कुमारी गुप्तालाई डाइजेपाम ३ सय एम्पुल, फेनरागन ३ सय एम्पुल र नुर्फिन ३ सय एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ । लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखरा अमरसिंह चौरमा उनको झोला जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिए ह ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.