काठमाडाैं, जेठ ३०: लाजिम्पाटमा एक शिशुको घाटी रेटी विभत्स हत्या भएको छ । बुधबार राति अन्दाजी १० महिनाका शिशुको घाटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको हो ।
उक्त शिशुकाे शव सांग्रिला होटल अगाडि सडक किनारमा प्लाष्टिकको झोलामा राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाका विषमया अनुसन्धान भइराखेको प्रहरीले जानकारी दिए ।