किन दियो सेनाले बढी मुल्य राख्नेलाई स्वीकृत ?

रिपोर्ट नेपाल | 2019 Jun 11 | 09:46 am 2136

काठमाडौं, जेठ २८:  नेपाली सेनाले खरिदका लागि आब्हान गरेको ट्रयाकसुटको टेण्डरमा नियम विपरित फर्म छनौट गरेको आवाज उठेको छ । सेनाले सार्वजनीक ऐन मिचेर एक कम्पनीलाई ट्रयाकसुट खरिदका लागि स्वीकृत दिएको बुझिएको छ ।

प्राप्त समाचार अनुसार नेपाली सेनाले झण्डै ९७ हजार थान ट्रयाकसुट खरिद गर्नका लागि टेण्डर आब्हान गरेको थियो । जस मध्ये आठ वटा फर्मले टेण्डर बुझाएकोमा श्लोक इन्टरप्राइजेजका संचालक रीतेस अग्रवालले हालेको १ हजार ५ सय ५१ रुपैयाँको टेण्डर स्वीकृत गरिएको छ भने सबै भन्दा कम मुल्य हाल्ने जेएमबिडी इन्टरनेशनल कम्पनीलाई अस्वीकृत गरिएको छ ।

उक्त फर्मका संचालक राजमान मिश्रले १ हजार २ सय ६२ रुपैयाँ हालेका थिए । मिश्रले हालेको दररेट भन्दा झण्डै २ करोड ७९ लाख बढी हाल्ने कम्पनीलाई स्वीकृत गरिएको बुझिएको छ । उता नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने कानुनी परीक्षण, पूर्णत परीक्षण र प्राविधिक पश्चात् मात्रै छनौट गरिएको बताउँछन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.