प्रदर्शनकारीमाथि प्रहरीले गरेको हस्तक्षेप प्रति नुवाकोट काँग्रेसकाे आपत्ती

रिपोर्ट नेपाल | 2019 Jun 10 | 08:07 pm 2150

नुवाकाेट, जेठ २७: सरकारले ल्याएको गुठी विधेयक तत्काल खारेज गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलमा भेला भएका प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेको  विषयमा नुवाकोट काँग्रेसले आपत्ती जनाएको छ ।

गुठी विधेयकप्रति आपत्ति जनाउँदै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रेका प्रर्दशनकारीहरुलाई प्रहरीले पानीको फोहोरासहित धरपकड गरेको थियो भने  धरपकडमा परी एक दर्जन बढी घाइते भएका थिए ।

प्रदर्शनकारीहरुले सो विधेयक तत्काल फिर्ता नलिए आफूहरु रगतको खोलो बगाउन तयार रहेको चेतावनी दिएका छन्। सामाजिक अभियन्ता भरत जंगम, नेवा देय दबुका अध्यक्ष नरेश ताम्राकार, नेपाल भाषा मंका खलका सचिव नरेशवीर शाक्यले मुलुकको धर्म, संस्कृति र सभ्यता समाप्त हुने गरी सरकारले ल्याएको सो विधेयक फिर्ता नलिए देशभर आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।

(विज्ञप्ति)

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.