हतियार सहित एक पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 10 | 02:07 pm 2396

काठमाडौं, जेठ २७: साेमबार  महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सञ्जय शेर्पा रहेका छन् ।  मेडइन जापान लेखेको एक थान पेस्तोलसहित शेर्पा तिनकुनेबाट पक्राउ परेका हुन्।

परिसरकाे विशेष टोलीले पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको परिसर प्रवक्ता डिएसपी होबिद्र बोगटीले जानकारी दिए। पक्राउ परेका शेर्पामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.