काठमाडौं, जेठ २६: शनिबार र आइतबार संचालन भएकाे रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया जान लिइएको भाषा परीक्षामा ८ हजार १ सय ४१ जना अनुपस्थित भएका छन् ।त्यस्तै अर्काको नाममा परीक्षा दिन आउने १ सय ५६ जना पक्राउमा परेका छन् ।
यस वर्षको कोरियन भाषा परीक्षाका लागि ९२ हजार ३ सय ५६ ले आवेदन दिइएकोमा ८४ हजार २ सय १५ मात्रै परीक्षामा सहभागी भएका थिए । यस परीक्षाकाे नतिजा असार १३ मा आउने बताइएकाे छ ।