आन्दोलनमा झडप हुँदा दर्जनौं विद्यार्थी घाइते

रिपोर्ट नेपाल | 2019 Jun 09 | 04:02 pm 1980

धनुषा, जेठ २६: जिल्लाकाे विदेह नगरपालिका २ स्थित जनता माध्यमिक विद्यालयका विद्यार्थीको आन्दोलनमा झडप हुँदा दर्जनौं विद्यार्थी घाइते भएका छन् ।

विदेह नगरपालिको कार्यालयमा विद्यार्थीले ताला लगाएपछि मेयर बेचन दास पक्षका युवाबीच झडप भएको हो । झडपका क्रममा दर्जनौं विद्यार्थीलाई चोटपटक लागेर घाइते भएका छन् । मेयर बेचन दासले बाहिरका गुण्डा ल्याएर विद्यार्थीलाई कुट्न लगाएको अभिभावकहरुको आरोप छ ।

झडपमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधेकृष्ण गोइत, विदेह नगरपालिका–१ का अध्यक्ष विनोद गोहितमानलाई समेत चोट लागेको बुझिएको छ ।

शुक्रबार विद्यार्थीले नगरपालिकामा तालाबन्दी लगाउँदा प्रहरीले लाठी चार्ज गरेका थिए । तालाबन्दी प्रहरीले फोडेपछि पुनः आइतबार विद्यार्थीले तालाबन्दी गरेका छन् । साथै सडक अवरुद्ध गरेर मेयर दास विरुद्ध प्रदर्शन समेत गरेका छन्।  मेयर पक्षका व्यक्तिहरु पुग्दा झडप भएको स्थानीयले जनाएको छ ।

मेयर दासले शिक्षकको तलब, छात्रबृत्ति रकम र विद्यालय नमूना घोषणा भएपछि आएको बजेट राकेपछि विवाद सृजना भएको हो । तलब नपाएको भन्दै शिक्षक पठन पाठन नगराउने भनेपछि विद्यार्थी आक्रोसित भएर मेयर विरुद्ध खनिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.