अवैध लागूऔषध गाँजासहित चार जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Jun 07 | 01:08 pm 1885

रौतहट, जेठ २४: अवैध लागूऔषध गाँजासहित चार जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्ने मध्ये दुई भारतीय नागरिक रहेका छन् । उनीहरूले मोटरसाइकलमा राखेर गाँजा तस्करी गर्दै गर्दा जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले  पक्राउ गरेको हो ।

राैतहटकाे गौर नगरपालिका वडा नम्बर ४ बकैया नदीको बाँध सडकमा राति नेपालबाट भारततर्फ लैजाँदै गर्दा भारतीय नागरिक शंकर राय, २२ वर्षीय छोरा विजय राय, २४ वर्षीय अमोद सहनीलाई १० किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक पपु नायकले जानकारी दिए ।

उनीहरुलाई बिआर ५५ ए २२४२ नम्बरको मोटरसाइकलको सिट कभर भित्र लुकाइएको गाँजा भारततर्फ लैजाँदै गर्दा पक्राउ गरेको हो । पक्राउ परेका दुवैले रौतहटको यमुनामाई गाँउपालिका वडा नम्बर ४ सरुअठाका रमेश कुमार साह र ईनरजित साहले गाँजा दिएको बयान दिएका छन् ।

बयानपछि उनीहरुको घरमा खानतलासी गर्दा २ केजी गाँजा बरामद भएको छ । अहिले प्रहरीले ६ जनालाई नै नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.