हावाहुरी पीडितलाई तत्काल राहत प्रदान गर्न नेता महरको माग

रिपोर्ट नेपाल | 2019 Jun 07 | 11:36 am 1683

काठमाडौं, जेठ २४:  नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवं नेपाली कांग्रेसका नेता नैनसिंह महरले बिहिबार साँझ सुदूरपश्चिममा आएको हावाहुरी पीतितलाई तत्काल राहात प्रदान गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले बिहीबार राति आएको हावाहुरीमा परी दुई जनाले ज्यान गुमाएको र सय भन्दा बढी घाइते भएको बताउँदै पीडि परिवारलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेका हुन्।

सरकारले तत्काल क्षतिपूर्तिको लगत संकलन गरी राहत उपलब्ध गराउनु पर्छ, उनले बताए। नेता महरले नेविसंघलाई पीडितहरूको उद्धार तथा राहत संकलमा जुट्नसमेत आग्रह गरेका छन्।

प्राकृतिक विपत्तिलाई कसैले रोक्न नसक्ने भए पनि यस्तो समयमा सबैले सम्मेमित हुनुपर्ने उनले बताए। नेता महरले प्रदेश सरकारलाई पनि राहत कार्यमा तदारुपता देखाउन आग्रह गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.