धादिङ, जेठ २४ : पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन नौबिसे सडकखण्डमा शुक्रबार बिहान पहिरो खस्दा अवरुद्ध राजमार्ग सुचारू भएको छ।
चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको थियाे। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको हाे ।
बिहानैदेखि पहिरो पन्छाउने काम भएकोले सडक सुचारू भएकाे प्रहरीले जनाएको छ।