निर्णय विपरित उपभोक्ता सचिवले भत्काए जेसिवि लगाएर झाको घर

रिपोर्ट नेपाल | 2019 Jun 06 | 11:19 am 2103

  • महेश सिंह महतो

सिरहा, जेठ २३:  जिल्लाको सखुवानन्कारकट्टी ४ मा सडक मर्मत सभार उपभोक्ता समितिका सचिव शैलेन्द्र यादवले आफ्नै छिमेकीको घर जबरजस्ती भत्काई दिएका छन् ।

सडकलाई १८ फिट चौडाई गर्ने वहानामा सचिव यादवले जगन्नाथ झाको निर्माण हुन लागेको घरको जँग र पिलर जेसिबी चलाएर भत्काएका हुन् ।

उपभोक्ता समितिका अध्यक्ष आशाराम यादवका अनुसार स्थानीय र उपभोक्ता समिति मिलेर कसैको घर नभत्काउँने भनेर निर्णय गरिएको थियो । तर, सचिवले निर्णय विपरित उनको घरको जँग र पिलर भत्काएको छ । यस विषयमा आन्तरिक छलफल गरेर समस्या समाधान गर्ने बताएका छन् । जगन्नाथ घरमा नभएको बेला सचिव यादवले उनको घर परिवारलाई गालीगलौज गर्दै घर भत्काएको परिवार स्रातले जानकारी दिए।

सचिव यादवको जग्गा झाको ठीक अगाडिपट्टि रहेको र तीन महिना पहिले सचिव यादवको ट्रायक्टरले झाको घरको एउटा पिलर भत्काएको थियो । त्यो पिलर बनाउँन सचिव यादवलाई पटक पटक ताकेता गर्दा पनि यादवले वेवास्ता गरेका थिए । सोही निहुँमा सचिव यादवले उनको घर भत्काएको पीडित झाको दावी छ ।

पीडित झाले आफु न्याय पाउँनको लागि ईलाका प्रहरी कार्यालयमा उजुरी निवेदन दिन जाँदा हालसम्म दर्ता नगरिदिएको पीडित झाले बताए । घर भत्काउँदा अर्थात बाटो फराकिलो गर्दा पूर्व सूचना दिनुपर्ने हो । त्यो सूचना समेत नदिई घर भत्काएको छ । व्यक्तिगत रिसिवीको कारण मेरो घर भत्काएको पीडित झाको दावी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.