दाङ, जेठ २२: नेपाली काँग्रेसको बृहत् जनजागरण अभियान अन्तर्गत यही जेठ २५ गते घोराही मा आयोजना हुने जगरण सभामा उपस्थित हुन नेता तथा कार्यकर्ता एवं आम न्यायप्रेमी जनसमुदायलाइ आग्रह गरेका छन् ।
नेपाली काँग्रेस त्रिपुरनगर समितिको आज बसेको बैठकले यस्तो निर्णय गर्दै वर्तमान परिस्थितीमा काँग्रेस को जागरण अभियान उचित समयमा भएको भन्दै त्रिपुरनगर समितिका सभापति दिपक पाण्डेले उक्त शभामा सहभागिताका लागि आह्वान गरेका हुन् ।
नेपाली काँग्रेस त्रिपुर नगरसमितिका सभापति दिपक पाण्डेको सभाअध्यक्षता एवं महाधिवेशन प्रतिनिधी/महासमिति सदस्य टेक बहादुर डाँगिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यसमितिको बैठकले त्रिपुर क्षेत्रबाट २५ गतेको सभामा बृहत् उपस्थिती जनाउने निर्णय समेत गरेको छ ।