बयानका लागि अख्तियार आएका गैडाकोटका इनेष्पेक्टर अख्तियारको हिरासतमा

रिपोर्ट नेपाल | 2019 Jun 05 | 01:50 pm 2312

काठमाडौं, जेठ २२:  सवारी मुद्दामा नक्कली ड्राइभर खडा गरी सक्कली चालकलाई छाडेका इलाका प्रहरी कार्यालय गैडाकोट नवलपुरका प्रहरी निरीक्षक लोकबहादुर जिसी अख्तियारको हिरासतमा परेको बुझिएको छ ।

रिपोर्ट नेपाललाई एक स्रोतले दिएको जानकारी अनुसार एक सवारी धनीले चलाएको गाडले ठक्कर दिएर घाइते भएको व्यक्तिको मृत्यु पछि अदालतले चालकलाई कैद सजाय सुनाएपछि घटनाले नयाँ मोड लिएको हो । घाइते बाँचेको भए र चालक घरौटी रकममा छुटेको भए यो घटना सामसुम हुने निश्चित थियो ।

गाडी धनीले आफ्नै ड्राइभरलाई नक्कली खडा गरेको र इप्रका गैडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले आर्थिक लेनदेन गरेको ड्राइभरले पोल खोलेपछि अख्तियारले ध्यान दिएको थियो । अनयासमा जेल जानुपर्ने भएपछि चालकले यो सबै पोल खोलिदिएको थियो ।

अहिले गाडी चालक, गाडी धनी र प्रहरी निरीक्षक जिसी प्रति अनुसन्धान भइरहेको छ । एसपी प्रविण पोखरेल अनुसन्धान अधिकृत रहेको टोलीले यस विषयमा अनुसन्धान गरिरहेको विशेष सूत्रबाट बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.