काभ्रे, जेठ २१: मंगलबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–६ चरङफेदीमा मिनीट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएकाे छ भने एक जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि सवार सुनसरी गढी गाउँपालिका १८ वर्षीय अमिन साफी रहेको प्रहरीले जनाएको छ ।
आज बिहान साढे ५ बजे रामेछापबाट काठमाडौं आउंदै गरको बा ४ ख ५२३७ नम्बरको मिनीट्रक र विपरित दिशाबाट जाँदै गरेको बा ९५ प ७६८६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकल चालक सोही ठाँउका २५ वर्षीय नजिर सापी घाइते भएका छन् । उनको मेथीकोट अस्पताल भकुण्डेबेसीमा उपचार भइरहेको छ ।