साेलुखुम्बुकाे छेस्काम प्रहरी चौकीमा विप्लवको आक्रमण, थप सुरक्षाकर्मी पठाइयाे

रिपोर्ट नेपाल | 2019 Jun 03 | 02:25 pm 1588

सोलुखुम्बु, जेठ २०: जिल्लाकाे महाकुलुङ गाउँपालिका–३ स्थित रहेकाे छेस्काम प्रहरी चौकीमा गए राति नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताले आक्रमण गरेको सशस्त्र प्रहरी बल उच्च स्राेतले जनाएको छ ।

गए राति २५ जनाको समूहमा आएको हतियारधारी समूहले आक्रमण गरेपछि चौकीमा रहेका चारजनै प्रहरीले भागेर ज्यान जोगाएका छन् ।

प्रहरी चौकी आक्रमणको प्रयास भएपछि विराटनगर र काठमाडौंबाट प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएकाे छ । विराटनरगरबाट २७, काठमाडौंबाट सशस्त्रका ११ र  नेपाल प्रहरीका २० जना  हेलिकोप्टरबाट छेस्काम उडेका स्राेतले जानकारी दिए ।

चौकीमा कार्यरत चारजना प्रहरी बिहान ६ बजे मात्र सम्पर्कमा आएको प्रहरी उच्च स्राेतले जानकारी दिए । हतियारधारी समूह अज्ञात स्थानतर्फ लागेको उच्च प्रहरी स्राेतकाे दाबी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.