सरकार परिवर्तन हल्ला मात्र : मन्त्री बाँस्कोटा

रिपोर्ट नेपाल | 2019 Jun 02 | 04:18 pm 1568

सिन्धुली,  जेठ १९ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तत्काल सरकार परिवर्तन नहुने बताएका छन् । प्रेस सङ्गठन नेपालले सिन्धुलीमाढीमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले हल्ला जसरी आउँछ उसरी नै जाने हुनाले हल्लाको पछाडि नलाग्न आग्रह गरे ।

नेकपाको नेतृत्व सम्पूर्ण नागरिकको हितमा लागेको उल्लेख गर्दै बाँस्कोटाले पार्टीका दुवै अध्यक्ष सरकार चलाउन सक्षम रहेको बताए ।

अर्काे प्रसंगमा सर्वत्र विरोध भएको मिडिया काउन्सिल विधेयक पत्रकारको हितका लागि ल्याएको र त्यसले पत्रकारको पारिश्रमिक सुनिश्चित गर्ने उनले बताए । विधेयकले अराजकता मात्र नियन्त्रण गर्ने उनले उल्लेख गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.