रोनाल्डो पछि नेयमारलाई पनि लाग्यो बलात्कारकाे आरोप

रिपोर्ट नेपाल | 2019 Jun 02 | 02:31 pm 2307

काठमाडौं, जेठ १९ : ब्राजिलियन फुटबलर नेयमारलाई पनि यौन दुर्व्यवहारको आरोप लागेको छ । अन्तराष्ट्रय सञ्चार माध्यमको अनुसार स्पेनकी एक महिलाले नेयमारले पेरिसमा आफुलाई यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै मुद्दा दर्ता गरेकी छन् ।

यस अघि पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई पनि बलात्कारको आरोप लगेको थियो । रोनाल्डोलाई अमेरिकाकी पूर्व मोडल क्याथरिन मायोर्गाले सन् २००९ मा लस भेगासको एक होटलको कोठामा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

साउ पाओलो प्रहरीका अनुसार ती महिलाले पेरिसको एक होटलमा आफुलाई नेयमारले दुर्व्यवहार गरेको आरोप लगाएकाे बीबीसीले जनाएको छ ।

रिपाेर्टकाे अनुसार मे १५ मा नेयमार र ती महिलाबीच एक हाेटेलमा भेट भएकाे थियाे । नेयमारको इन्स्टाग्राम अनुसार उनी पेरिसमा भेटिएकी थिइन् । उनीहरूबीच कुराकानी भयाे । कुराकानी भएपछि नेमार आक्रामक भएर पीडितको इच्छा विरुद्ध यौन सम्बन्धमा संलग्न भएकाे प्रहरीले बताएको छ। प्रहरीमा दर्ता भएको अभियोगमा महिलाले आफ्नो नाम गोप्य राखेकी छिन् ।

नेयमार पेरिसकै क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट फुटबल खेल्दै आईरहेका छन् । यस विषयमा नेयमारका प्रतिनिधिले भने मुख खोलेका छैनन् । अहिले नेयमार कोपा अमेरिकाका लागि ब्राजिलियन टोलीबाट प्रशिक्षण गरिरहेका छन् ।

नेयमारका बुबा सन्ताेषले भने याे नेयमारलाई बदनाम गराउन खाेजेकाे मात्रै बताएका छन् । नेयमारका बुबाले भनेका छन्- ‘याे बदनाम गराउने खेल हाे, यसकाे छानविन छिटाे हुनुपर्छ ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.