चट्याङ लागेर एक महिलाकाे मृत्यु, एक घाइते

| 2019 Jun 02 | 10:47 am 1917

मकवानपुर, जेठ १९: शनिबार साँझ हावाहुरीसँगै परेको चट्याङ लागेर मकवानपुरगढी गाउँपालिका बुङदलमा एक महिलाको मृत्यु भएको छ भने अर्का एक महिला घाइते भएकी छन् ।

मृत्यु हुनेमा बुङदल देउरालीकी २६ वर्षीया विमला घलानको घटनास्थलमै मृत्यु भएको छ भने कान्छीमाया स्याङतान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीले दिएकाे जानकारी अनुसार घाइते स्याङतानको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । त्यसैगरी चट्याङ लागेर सन्तलाल दोङको घरमा आगो लागेको स्थानीयवासीले जानकारी दिए ।

स्थानीयवासीका अनुसार २० दिनअघि पनि सोही स्थानमा चट्याङ लागेर फूलमाया पाख्रिनको मृत्यु भएको बताए । चट्याङका कारण निरन्तर मृत्यु हुने र घाइते हुँदा पनि सम्बन्धित निकायले अर्थिङ जडानलगायत रोकथामको उपाय नगरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.