राजपाले जेठ मसान्तसम्म सदस्यता वितरण अभियान संचालन गर्ने

रिपोर्ट नेपाल | 2019 May 31 | 06:57 pm 2014

काठमाडौं, जेठ १७ : राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको बैठकले अन्तिम पटकका लागि जेठ मसान्तसम्म पार्टी सदस्यता वितरण अभियान संचालन गर्ने निर्णय गरेको छ । तीन दिन सम्म चलेको बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै विधान मस्यौदा समितिलाई आवश्यक परिमार्जन गरि जेठ २१ गते बस्ने अध्यक्ष मण्डलको बैठकमा उपलब्ध गराउन निर्देशन दिएको छ ।

त्यसैगरी राजपासमेतको गठबन्धनमा गठन भएको प्रदेश २ सरकारलाई आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट बनाउँदा दिर्घकालीन एवं संघीयताको मर्म अनुरुप जन विश्वसा आर्जन हुने बनाउन सुझाव दिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा संयोजक अनिल कुमार झाको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहमा लगाइएको लेवी तदारुकताका साथ संकलन गरी पार्टी कोषमा जम्मा गराउन निर्देशन दिने निर्णय पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.