सांसद विकास कोषको ६ करोड नस्वीकार्ने काँग्रेसको संकेत !

रिपोर्ट नेपाल | 2019 May 31 | 05:48 pm 1861

काठमाडौं, जेठ १७ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सांसद विकास कोष अन्र्तगत बजेटमार्फत सरकारले दिने भनेकोे ६ करोड रुपैयाँ आफ्नो पार्टीका सांसदले नलिने संकेत गरेको छ । यसबारे काँग्रेसले केही दिनमा निर्णय गर्ने पनि जनाएको छ ।

पार्टी कार्यालय सानेपामा सरकारले हालै ल्याएको बजेटबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा काँग्रेस नेता तथा छाया सरकारका अर्थमन्त्री समेत रहेका डा. मिनेन्द्र रिजालले यसवारे पार्टीले चाडै निर्णय गर्ने बताए । काँग्रेसमा बजेटमा सांसद विकास कोष अन्र्तगत छुट्याइएको रकम लिन नहुने मत बढ्दै गएको छ ।

जेठ १६ गते काँग्रेस संसदीय दलले विज्ञहरुसँग गरेको छलफलमा समेत उक्त रकम नलिन सुझाव दिएका थिए । शुक्रबारको पत्रकार सम्मेलनमा पनि छाया अर्थमन्त्री रिजालले यसवारे चाडै निर्णय गर्ने भन्दै सो रकम अस्वीकार गर्ने संकेत गरेका हुन् ।

रिजालले सरकारले ल्याएको बजेट वितरणमुखी भएको आरोप समेत लगाए । ‘५ वर्षका लागि आएको सरकारबाट वितरणमुखी बजेटको अपेक्षा थिएन । दुई तिहाईको तागत भएको सरकार, जसले अर्को तीन वटा वजेट ल्याउँछु भनेको छ । त्यो सरकारले भन्न सक्नुपथ्र्यो, यो वर्ष पेट बाँध्नुस्’ नेता रिजालको भनाई थियो ।

पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले गुण र दोषका आधारमा सरकारलाई समर्थन र विरोध गर्ने घोषित नीतिका क्रममा वर्तमान बजेटलाई वस्तुगत ढंगले विश्लेषण गर्नु र बजेटमा रहेको विरोधाभाष, कमजोरी र दिशाहिनतालाई चिरफार गर्दै सरकारलाई ऐना देखाउनु र जनतालाई वास्तविकता बुझाउनु प्रतिपक्षको कर्तव्य हुने बताए ।

‘

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.