बस र ट्रक आपसमा ठोक्किँदा तीनको मृत्यु, २२ घाइते

रिपोर्ट नेपाल | 2019 May 30 | 06:57 pm 1063

नवलपरासी, जेठ १६  :नवलपुरको देवचुलीमा बिहीबार मध्यान्ह बस र ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि २२ जना घाइते भएका छन्।

दुर्घटनामा परि गम्भीर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पुर्‍याइएका २ जना महिलाको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता एवं प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए। मृत्यु हुनेमा गैँडाकोट नगरपालिका-१४ बस्ने ६५ वर्षीया कुमारी सुनारी र गैँडाकोट नगरपालिका-१८ बस्ने ७० वर्षीया जमुना मापछन रहेको प्रहरीले जनाएको छ।

यसैगरी मनकामना अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको सनाखत भएको छैन। पुरानो मेडिकल कलेज भरतपुरमा एक पुरुषको अत्यन्तै गम्भीर अवस्थामा उपचार भइरहेको प्रवक्ता रानाभाटले जानकारी दिए। उनको नाम र ठेगाना खुलेको छैन।

देबचुली नगरपालिका २ को राजमार्गमा पर्ने हमालचोकमा ना ४ ख ५२९५ नम्बरको बस र ना २ ख ४८९० नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्। प्रहरी नायव उपरीक्षक रानाभाटले दिएको जानकारीअनुसार चितवनको चितवन मेडिकल कलेजमा ८ जना, मनकामना अस्पतालमा १२ जना र प्राथमिक स्वास्थ केन्द्र दुम्कौलीमा १ जनाको उपचार भइरहेको छ।

चितवन मेडिकल कलेजमा उपचाररत घाइतेहरूमा कावासोती नगरपालिका-२ की अनिता भण्डारी, गैडाकोट भेडाबारीका होम बहादुर पाटा, देबचुली १७ पिप्रहरका ४० वर्षीया शुसिला महतो, गैँडाकोट १४ अमरापुरीका ५९ वर्षीया ईन्द्रबहादुर सुनारी रहेका छन्।

त्यसैगरी, कावासोती १३ का १८ वर्षीया मनिष गुरुङ, चितवन कालिका नगरपालिका ९ शक्तिखोर बस्ने ५० वर्षीया शुसिला गुरुङ, सोही स्थान बस्ने २५ वर्षीया सृजना गुरुङ, २ वर्षीय साइमन गुरुङ, कावासोती नगरपालिका-४ का ७० वर्षीय बाबुराम लोहनी रहेका छन्।

यसैगरि, मनकामना अस्पताल भरतपुरमा उपचाररत घाइतेहरूमा कावासोतीकी विमला केसी, दीपक केसी, देवचुली नगरपालिका जसबहादुर अधिकारी, देवचुलीकै ३७ वर्षीय रामु काफ्ले, कावासोती नगरपालिका-४ का ३५ वर्षीया देवी गुरुङ, देवचुली नगरपालिका-१३ ३६ वर्षीया सपना काफ्ले, चितवन खुरखुरेकी ३७ वर्षीया अप्सरा उप्रेती रहेका छन्।

यसैगरी, गीतानगरकी २५ वर्षीय राजन अधिकारी, चितवन सिमलटाडीका १९ वर्षीय सागर काफ्ले, देवचुली नगरपालिका-२ दुम्कौलीका ३० वर्षीय कृष्ण नेपाली, रजहरका ६३ वर्षीया प्रिति तामाङ र नाम थर ठेगाना खुल्न नसकेकी अन्दाजी ४० वर्षीया एक महिला रहेका छन्।

यसैगरि, प्राथामिक स्वास्थ्य केन्द्र दुम्कौलीमा कावासोती १६ बस्ने वर्ष १८ कि दीपा देवकोटाको उपचार भइरहेको छ। बस र ट्रकका चालकहरू प्रहरीको नियन्त्रणमा रहेको प्रहरिले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.