काठमाडौं, जेठ १५ : सरकारी कर्मचारीको तलब न्यूनतम् १८ प्रतिशतदेखि २० प्रतिशतसम्म वृद्धि भएको छ । तल्ला तहका कर्मचारी (राजपत्र अनंकित)को आधारभूत तलब २० प्रतिशत र राजपत्रांकितको १८ प्रतिशत तलब वृद्धि गरिएको हो ।
हाल तल्ला तहका कर्मचारीको आधारभूत तलब १८ हजार छ । बढेको तलब आगामी साउनदेखि लागू हुनेछ ।