पूर्व-पश्चिम राजमार्ग चार लेनको बनाउन १९ अर्ब १८ करोड विनियोजन

रिपोर्ट नेपाल | 2019 May 29 | 05:45 pm 2202

काठमाडौं, जेठ १५ :  सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक बजेट पेश गरेका छन् । अर्थमन्त्री डा खतिवडाले सङ्घीय संसद्मा आव २०७६/७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान अर्थात बजेट आज पेश गरेका हुन्।

उनले पूर्व पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको बनाउन काम सुरु गरिने बताए। जसका लागि १९ अर्ब १८ करोड विनियोजन गरिएको बताए । त्यस्तै गल्छी त्रिशुली-मैलुङ सडकलाई १ अर्ब ५८ करोड, बीपी राजमार्गको लागि ९६ करोड, द्रुततमार्गलाई १५ अर्ब १ करोड विनियोजन गरिएको जानकारी दिए।

यता मदन भण्डारी राजमार्गको लागि ४ अर्ब ८२ करोड, मध्यपहाडी लोकमार्गलाई १३ अर्ब २० करोड, र हुलाकी राजमार्गको लागि १३ अर्ब ५३ करोड विनियोजन गरिएको जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.