शिक्षा तथा विज्ञान क्षेत्रमा १ खर्ब ६३ अर्ब, छात्रालाई नि:शूल्क ‘सेनेटरी प्याड’ उपलब्ध गराइने

| 2019 May 29 | 05:00 pm 1911

काठमाडौं, जेठ १५ : आर्थिक वर्ष २०७६/७७ का लागि शिक्षा तथा विज्ञान क्षेत्रमा बजेटले शिक्षामा विशेष जोड दिएको छ । यस क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरिएको छ । शिक्षा र माध्यमिक तहसम्म निशुल्क शिक्षा उपलब्ध गराउने व्यवस्था बजेटमा गरिएको बजेटमा उल्लेख छ ।

आर्थिक विपन्न, अपङ्गता र दलित परिवारका विद्यार्थीहरुलाई नि:शूल्क उच्च शिक्षा उपलब्ध गराउने बताए । नेपालालई उच्च शिक्षाको गन्तव्य बनाइने बताए । विश्वविद्यायमा एक रुपत ल्याउनको लागि ६ वाटा ऐन ल्याइने बताए । विद्यालयका छात्राहरूलाई नि:शूल्क सेनेटरी प्याड उपलब्ध गराउने पनि बताए ।

सरकारले ७० जिल्लालाई पूर्ण साक्षर घोषणा गर्ने बजेटको उद्देश्य लिएको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा बताएका छन् । राष्ट्रपति शिक्षा सुधार कोष सञ्चालन गरिने बजेटमा उल्लेख गरिएको छ ।

दिवा खाजाका लागि ५ अर्ब ९५ करोड विनियोजन भएको छ । ‘चिनौ आफ्नै माटो, बनाऔँ आफ्नै देश’ अभियान अन्तर्गत प्राविधिक विषय र गणित, अङ्ग्रेजी र विज्ञान विषयमा शिक्षक नपुग भएका स्थानमा स्नातक र स्नातकोत्तर अध्ययनरत गरिरहेका विद्यार्थीलाई शिक्षक स्वयम्सेवकका रुपमा परिचालन गरिने बजेटमा उल्लेख गरिएको छ । यसका लागि एक अर्ब ५० करोड विनियाजन भएको छ । ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.