मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब ३९ करोड

रिपोर्ट नेपाल | 2019 May 29 | 04:50 pm 1858

काठमाडौं, जेठ १५ :  सरकारले मेलम्ची खानेपानी आयोजना यो वर्ष सम्पन्न गर्दै दोस्रो चरणको थालनी गर्ने भएको छ। आर्थिक वर्ष २०७६/७७ का लागि सरकारले ७ अर्ब ३९ करोड छुट्टाउने भएको छ।

सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट विनियोजन गर्दै यही आर्थिक वर्षमा उपत्यका बासीलाई मेलम्चीको पानी खुवाउने वाचा गरेको थियो। तर, काम अन्तिमचरणमा पुगेसँगै निर्माण सीएमसी र खाने पानी मन्त्रालय बीचको विवादले गर्दा मेलम्चीको पानी यही आर्थिक वर्षमा प्रयोग गर्न पाउने उपत्यकाबासी अपेक्षा फेरिसफनामा परिणत भएको छ। मन्त्रालयले निर्मााण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेसँगै आयोजनाको काम अलपत्र जस्तै भएको छ। केही दिन अगाडि मात्रै सरकारले नयाँ प्रक्रियाबाट बाँकी रहेको मेलम्ची आयोजनाको काम सम्पन्न गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराएको छ। तर, काम थलानीका लागि टेन्डर प्रक्रिया अझै सुरु भमएको छैन।

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै सम्पन्न हुन नसक्दा लागत बढ्न पुगेको आयोजनाले जनाएको छ। खानेपानी तथा सरसफाई मन्त्रालयका अनुसार हालसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भइसकेको छ। हालसम्म ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाको वित्तीय खर्च भने ८४ प्रतिशत मात्रै भएको छ। सन् २०१४ मा लागत संशोधन गरी २३ अर्ब ४५ करोड र्पुयाइएको आयोजनाका लागि अहिलेसम्म २३ अर्ब ६७ करोड खर्च भइसकेको छ।

लागत बढेपछि एसियाली विकास बैंकले २५ लाख र नेपाल सरकारको १३ लाख अमेरिकी डलर थप गरेर कुल लागत २ सय ८७ दशमलव ४ लाख अमेरिकी डलर र्पुयाइएको छ।

आयोजना सुरु हुँदा एक अमेरिकी डलरको विनियमय दर ६४ देखि ६९ रुपैयाँ रहेको थियो। तर अहिले नेपाली मुद्रा अवमूल्यन भएर ११५ रुपैयाँ आसपास रहँदै आएको छ। यस हिसाबले मात्र लागत २८ अर्ब पुग्ने आयोजन निर्देशनालयको दाबी छ.

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.