कलिलो उमेरदेखि नै लोकतन्त्र प्रतिको आस्था र पत्रकारिता तर्फको सम्मान गर्ने गरेको मैले पछिल्लो समयमा संचार गृहको जिम्मेवारी प्राप्त गरी पत्रकारिता बारे बुझ्ने अवसर प्राप्त गरे । मेरा पुराना राजनीतिक पत्रकार सहकर्मी महेन्द्र पाण्डेयले आजको ठ्याकै पन्ध्र महिना बुद्धभूमि संचार गृह दर्ता गरी रिपोर्ट नेपाल नामको डिजिटल पत्रिका चलाउन खोजिएको र मेरो सहभागिताका लागि राखेको प्रस्ताव अनुसार मैले सहस्र स्वीकार गरी आज एक वर्ष पुगेको पाठक समक्ष जानकारी गराउँन पाउँदा ज्यादै खुशी लागेको छ ।
राजनीति र समाजसेवा गर्ने क्रममा विभिन्न संचार गृहमा कार्यरत संचारकर्मी मित्रहरुले पस्केको समाचार, लेख, रचना पढ्दा जति आनन्द लाग्थ्यो मेरो यो एक वर्षको जिम्मेवारी वहनको क्रममा हेर्दा समाचार तयार पार्नुर जुटाउनु अत्यन्तै कठिन कार्य रहेछ भन्ने महसुस गरेको छु । अरुले तयार पारिदिएको खानाको परिकार खाने क्रममा जति खोट लगाउँने परम्परा छ आफूले त्यही परिकार तयार पार्दाको कठिनाई कत्तिको दुःखदायी हुँदो रहेछ भन्ने मैले यो एक वर्षमा राम्रैसँग अनुभव गरे ।
विकृति र विसंगतिले दिन दुईगुणा रातचार गुणाले बृद्धि भइरहेको हाम्रो समाजमा स्वच्छ र निर्भिक पत्रकारिता गर्न कति कठिन रहेछ भन्ने कुरालाई पनि मैले महसुस गर्ने अवसर यो एक वर्षमा प्राप्त गरे । रिपोर्ट नेपालले बितेको यो एक वर्षमा आफ्नो मुलमन्त्र हरेक रिपोर्ट सत्यको पक्षमा भन्ने कुरालाई आत्मसात गर्दै पाठकलाई आफ्नो क्षमता र भएको जनशक्ति बमोजिम सू–सूचित र मनोरञ्जन दिलाउँन हामीले सक्दो कोशिस गरेका छौं ।
हरेक चिज आफैंमा पूर्णहुँदैन भन्ने हामीलाई पनि महसुस छ तर यो कुरालाई जान्दा जान्दै पनि पाठकले सोचे जस्तो र खोजे जस्तो सामाग्री हामीबाट पस्किन नसकेको भए हामी क्षमा प्रार्थी छौं । पाठकको सुझाव सल्लाह हाम्रा लागि मार्ग निर्देश हुने भएकोले कृपया यहाँहरुको सुझाव पर्खाइमा यो संचार गृह सदैव प्रतिक्षरत रहिरहने छ । आजको ठ्याक्कै एक वर्ष अघि एक विशेष समारोहबीच सम्माननीय सभामुख कृष्णबहादुर महराद्वारा शुभारम्भ गरी गोरेटो कोरेको रिपार्ट नेपाल डटकम पत्रिकाले पाठक, विज्ञापनदाता र शुभेच्छुकको सहयोग र समर्थन पाए राजमार्ग बनेर दौडिने प्रयत्न गर्नेछ भन्ने प्रण गर्न चाहान्छु ।
वितेका यो वर्षमा सच्चाइएका प्रति कलम चलाउने क्रममा धेरै पाठकबाट स्यावासी मुकुण्डो लगाएर भष्ट्राचारमा लिप्त व्यक्तिको डर र धम्की पनि नआएको होइन । स्यावासी दिने पाठक प्रति ऋणी हुँदै धम्की दिने प्रति अझै खोजका साथ अघि बढेको रिपोर्ट नेपालले धम्कीका चुनौतिलाई सम्बन्धीत निकायमा प्रमाणका साथ डटेर अघि बढेको कुरा पनि यो एक वर्षमा मैले अनुभुति गर्ने अवसर प्राप्त गरे ।
बच्चा जन्माउँदाको खुशीयाली र हुर्काउँदाको संघर्ष जति रमाइलो हुन्छ यो एक वर्षको अवधिमा हाम्रो टिममा रहेका सम्पूर्ण साथिहरुको एक मन वचनले गर्दा पनि रिपोर्ट नेपाल आज तपाईसँग तपाइकै भावना अनुसारको सामाग्री पस्किन सक्षम भएको छ । विचारमा हामी कुनै दलसँग नजिक छौ तर हाम्रो उद्देश्य यो पवित्र संस्थालाई आफ्नो विचाचरमुखी नभएर जनजनको विचारमुखी बनाउने प्रण पनि हामीले गर्दै आएका छौं । अन्त्यमा आउँदा दिनमा हामीले कस्तो सामाग्री पस्कीदा पाठकलाई भरपुर आनन्द आउँछ त्यो किसिमको सुझाव पाए हामी त्यही मार्गमा लाग्ने प्रण गर्दछौं ।

कृष्णप्रसाद सापकोटा
(निर्देशक)