काठमाडौं, जेठ १४ : ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपाललाई काठमाडौं जिल्ला अदालतले सफाइ दिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासको निर्णयलाई उल्ट्याउँदै अदालतले नेपाललाई सफाइ दिएको हो।
उनीविरुद्ध प्रजिअ नेपालले २०७५ मंसिर २३ गते सार्वजनिक शान्तिविरुद्धको कसूरमा १ हजार जरिवानाको फैसला गरेका थिए। उनको उल्ट्याउँदै काठमाडौँ जिल्ला अदालतका न्यायाधीश जनार्दन भट्टराईको इजालासले सोमबार सफाइ दिएको हो । नेपालका तर्फबाट अधिवक्ता सुजित केसीले बहस गरेका थिए ।
२०७५ भदौ १४ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा अभियन्ता नेपाललाई प्रहरीले पक्राउ गरी सार्वजनिक शान्तिविरुद्धको कसूरको अपराधमा जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको थियो ।