कुकरसहित कोटेश्वरबाट सात विप्लव कार्यकर्ता पक्राउ

रिपोर्ट नेपाल | 2019 May 26 | 09:29 pm 1925

काठमाडाैं, जेठ १२: आइतबार राति कोटेश्वरबाट सातजना विप्लव कार्यकर्ता प्रहरीले पक्राउ गरेका छन्। राजधानीका विभिन्न स्थानमा शृङ्खलाबद्ध बम विस्फोट र शंकापद वस्तु भेटिरहेका बेला सातजना विप्लव कार्य कर्ता पक्राउ परेका हुन् । गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले ४ वटा प्रेसर कुकर बम ७ जनालाई पक्राउ गरेको छ । साथै मसाल जुलुसका लागि बनाइएका मसाल र लाठीहरु पनि बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्रीका अनुसार उनीहरुको नाम भने खुलेको छैन।

आइतबार साँझ सुकेधारा र अनामनगरको कट्टेकुलोमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ।प्रहरीले सबै विस्फोटमा नेत्रविक्रम चन्द ‘विप्लव’ निकट नेताले गरेको आशंका प्रहरीको छ।  पक्राउ परेकाहरूलाई सशस्त्र प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.