काठमाडौं, जेठ १२: नेपालका लागि युनाइटेड अरवका राजदुत सईद महदान अल्नक्बीले अरवीया सरकार नेपालमा लगानी गर्न तयार भएको बताएका छन् । आइतबार गोरखा ग्रीन इनर्जी कम्पनीका अध्यक्ष बसन्तबहादुर भुजेलसँग आफ्नो कार्यकक्षमा संक्षिप्त कुराकानी गर्दै राजदुत अल्नक्बीले उक्त कुरा बताएका हुन ।
ग्रीन इनर्जीका अध्यक्ष भुजेलले जलस्रोतको धनी देश भनिने नेपालमा ऊर्जाको संकट हुनु दर्भाग्य भएको भन्दै वैकल्पीक ऊर्जा र हाइड्रो पावरमा लगानी भित्राइदिन आग्रह गरेका थिए । अध्यक्ष भुजेलले विशेष आग्रह गर्दै ऊर्जा समस्या समाधानका लागि अरवीया सरकार नेपालको बैशाखी बन्ने कुरामा आफू आशावादी रहेको बताए ।
प्रकृतिको सुन्दरताले भरिपूर्ण नेपालमा पर्यटन विकासदेखि स्मार्ट सिटी निर्माणका लागि आवश्यक सहयोग जुटाइदिन अध्यक्ष भुजेलले गरेका आग्रहमा राजदुत अल्नक्बीले आफू सकरात्मक भएको बताएका थिए । आफूहरु कृषी, जलस्रोत, वैकल्पीक ऊर्जा लगायत पर्यटन व्यवसायमा सहयोग गर्न तयार रहेको बताएका थिए ।
राजदुत अल्नक्बीले लगानीका लागि विविध कठिनाई भएको त्यसलाई समाधान गर्न सकिए आफ्नो देश सुन्दर नेपाल निर्माणका लागि खुशी हुने बताएका थिए ।
भेटघाट कार्यक्रममा कपिलवस्तुका समाजसेवी मतीउल हक मुसलमानको समेत सहभागिता रहेको थियो ।