धरानमा अज्ञात समुहद्वारा बैंकका कर्मचारीमाथि गाेली प्रहार

रिपोर्ट नेपाल | 2019 May 26 | 01:31 pm 1954

सुनसरी, जेठ १२: अज्ञात समुहद्वारा धरानस्थित रहेकाे जीवन विकास बैंकका कर्मचारी माथि गाेली प्रहार भएकाे छ । गाेली लागि बैंकका कर्मचारी शम्भुप्रसाद गच्छदार घाइते भएका छन् ।

घाइतेलाई उपचारका लागि वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लागिएकाे प्रहरीले जानकारी दिए । रातो स्कुटरमा आएको तीन जनाको समुहले गोली हानेर पैसा लुटेर फरार भएको  जिल्ला प्रहरी कार्यलय सुनसरीका एसपी राजन अधिकारीले बताए ।

गोली हानेर पैसा लुटिए सँगै धरानमा प्रहरीले चारैतिर चेक पाेइन्ट स्थापना गरिएकाे प्रहरीले जनाएको छ । चारकोशे जङगल आसपासमा बाक्लो संख्यामा प्रहरी परिचालन  छन् ।

घटनाकाे बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेकाे छ । समाचार अपडेट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.