टिपर दुर्घटना हुँदा एककाे मृत्यु, एक घाइते, एक बेपत्ता

रिपोर्ट नेपाल | 2019 May 26 | 10:25 am 2430

गोरखा, जेठ १२:  जिल्लाकाे  सिरानचोक गाउँपालिका वडा नम्बर–७ चिउरे भीरमा टिप्पर दुर्घटना हुँदा एकजनाको एक जनाकाे मृत्यु भएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा सिरानचोक गाउँपालिका वडा नम्बर –७ भालुस्वाँराका २० वर्षीय सुमन खड्का रहेकाे  प्रहरीले जानकारी दिए ।

उक्त दुर्घटना शनिबार राति १० बजेतिर बा ५ ख १९८२ नम्बरको टिप्पर दरौँदी नदीमा खसेको हो । साथै टिप्परका सहचालक बेपत्ता छन् ।

उनको पहिचान खुलेको छैन । टिप्परमै यात्रा गरिरहेका स्थानीय जनक गुरुङलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.