रूकुममा भीरबाट लडेर एक किशाेरीकाे मृत्यु

रिपोर्ट नेपाल | 2019 May 25 | 05:56 pm 2076

रुकुम (पश्चिम), जेठ ११:  जिल्लाको सानीभेरी गाउँपालिका ६ का १८ वर्षीया बिमला केसीको  भीरबाट लडेर  मृत्यु भएको छ।  शनिबार बिहान घाँस काट्न गएकी बिमलाको भीरबाट लडेर मृत्यु भएको  प्रहरीले जानकारी दिए ।

बिमला घर नजिकैको रिड्रनाखोला भीरमा घाँस काट्ने क्रममा उनको लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)ले जनाए । उनी भीरबाट करिब चार सय मिटर तल खसेकी थिइन्। बिमलाको शव जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.