उदयपुरमा विषालु सर्पको टोकाईबाट एक वृद्धाको मृत्यु

रिपोर्ट नेपाल | 2019 May 25 | 05:18 pm 2787

उदयपुर, जेठ ११ जिल्लाकाे कटारी नगरपालिका १ बेलस्राेतमा विषालु सर्पको टोकाईबाट एक वृद्धाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ६५ वर्षीया सन्तमाया विश्वकर्मा रहेकी छन्  ।

शुक्रबार साँझ विकलाई आँगनमा विषालु गोमन सर्पले टोकेको स्थानीय प्रत्यक्षदर्शीले बताए । सर्पले टोकाईपछि  उपचारको लागि कटारी स्थित बेलस्रोत नेपाल आर्मी क्याम्पको सर्पदंश उपचार केन्द्रमा पुर्याएका थिए ।  उनलाई त्यहाँ उपचा हुन नसकेपछि थप उपचारको लागि अन्यत्र लैजाने क्रममा बाटैमा मृत्यु भएको मृतकका छोरी बुद्वमाया बिकले बताईन् ।

ताराघारी आर्मी क्याम्प र काली सिद्धि गण बेलसोतमा सर्पले टोकेको उपचार हुने भए पनि दक्ष जनशक्ति र आवश्यक उपकण नहुँदा बर्षेंनी सर्पले टोकेर मृत्यु हुनेको संख्या बढ्दो रहेकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.