मुस्ताङमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जना घाइते

रिपोर्ट नेपाल | 2019 May 25 | 04:09 pm 2266

काठमाडाैं, जेठ ११ मुस्ताङमा शनिबार  मुक्तिनाथबाट जोमसोम तर्फ आउदै गरेको ना ५ ख ५७२६ नम्वरको यात्रुबाहक बस दुर्घटना हुँदा २ जना घाइते भएका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका- ४ सेल्फी डाँडामा दुर्घटना हुँदा बसका चालक र सहचालक घाइते भएको प्रहरीले जानकारी दिए ।

घाइते हुनेमा चालक म्याग्दीको मुना गाउँपालिकाका २५ बर्षीय रविन वि.क. र सहचालक भारत विहारका ४७ बर्षीय मोहम्मद मुस्थापा रहेकाे  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी प्रवक्ता डिएसपी गोबिन्द पुरीले जनाए ।

उक्त्त दुर्घटनामा परी गम्भीर घाइते भएका दुबै जनालाई उपचारको लागि जिल्ला अस्पताल जोमसोम पठाइएको प्रहरी प्रवक्ता पुरीले बताए । दुर्घटना भएकाे बसमा अन्य यात्रु सवार नरहेकोले  मानवीय क्षति भएकाे छैन । बस अनियन्त्रित भइ सडकबाट करिव ५० मिटर तल खसेको प्रमरीले जानकारी दिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.