लगानी सम्मेलनका क्रममा अघि सारिएका परियोजनाका लागि प्रस्ताव

रिपोर्ट नेपाल | 2019 May 24 | 06:41 am 1793

काठमाडाैं, जेठ १०:  लगानी सम्मेलनको क्रममा लगानी बोर्डमा शोकेस गरिएका ३० सहित ४१ परियोजनामा लगानीका लागि ७१ प्रस्ताव परेको छ। गत चैत १५ र १६ गते काठमाडौँमा भएको लगानी सम्मेलनका क्रममा अघि सारिएका परियोजनाका लागि प्रस्ताव परेको हो।

परियोजनाका लागि सुरुमा २० अप्रिलसम्म आवेदन दिन पाउने व्यवस्था रहेकोमा बोर्डले एक महिना थप गरेपछि यो अबधिमा यति प्रस्ताव परेका हुन्।

सरकारले सरकारीतर्फ ५० परियोजना शोकेस गरेकोमा २३ अर्ब बराबरका ३० का लागि ६० आवेदन तथा शोकेस नगरिएका करिब ८ खर्ब बराबरका ११ परियोजनाका लागि ११ प्रस्ताव परेको लगानी बोर्डले जनाएको छ। आजको कारोबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.