सिंहदरबार वृत्तको निरन्तर चेतनामुलक अभियान

रिपोर्ट नेपाल | 2019 May 23 | 07:34 pm 1936

काठमाडौं, जेठ ९: महानगरीय प्रहरी वृत्त सिंहदरबारले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पध्मकन्या माध्यमिक विद्यालय डिल्लिबजारका कक्षा ८ मा अध्यनरत ६० जना विद्यार्थीहरुसंँग १ दिने प्रशिक्षण तथा अवलोकन अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

भोलीको समुन्नत र समृद्ध समाजको निर्माणको लागि कोशेढूङ्गाको रुपमा रहेका विद्यार्थीहरुलाई यस खालको कृयाकलापमा सरिक गराउन सकेको खण्डमा अपराध रहित समाज निर्माण गर्ने कर्यमा विद्यार्थीहरुलेसमेत अहम भूमिका निर्वाह गर्न सक्ने हुँदा निरन्तर कार्यक्रम गरिने कार्यालयका कार्यालय प्रमुख काजीकुमार आचार्यले बताए ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत विद्यालयको विभिन्न तहहरुमा अध्यनरत विद्यार्थीहरुलाई प्रहरीले समाजमा शान्ती सुव्यवस्था कायम गर्न दैनिक रुपमा गर्ने गतिबिधि लगायतको बिषयहरुमा प्रशिक्षण सहित जानकारी गराइएको थियो ।

समुदाय प्रहरी साझेदारी अभियान सुरु भए पश्चात् वृत्त सिंहदरबारले गरेका काम कारबाहिहरुको अलावा वृत्त अन्तर्गतका दैनिक रुपमा हुने विभिन्न गतिबिधीहरु विद्यार्थीहरुलाई अवलोकन गराइएको थियो ।

उक्त कार्यक्रममा विद्यार्थीहरुलाई वृत्तमा कार्यरत प्रहरी निरीक्षक भोजराज पाण्डेयले प्रशिक्षण गर्नुका साथै प्रसनि दिपक बिष्ट र ईन्कार ओलीले सहजीकरण गरेका थिए ।

प्रहरीको यस किसिमको कार्यक्रममा सहभागिता हुन पाउँदा उक्त कार्यक्रममा सहभागि विद्यार्थी तथा शिक्षकहरुले नेपाल प्रहरीले अंगिकार गरेको समुदाय प्रहरी साझेदारी अभियानको खुलेर प्रशंसा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.