पूरानाे समिति विघटनसँगै भ्रष्टाचारीकाे चंगुलबाट रेडक्रस मुक्त

| 2019 May 22 | 04:21 pm 2293

काडमाडौं, जेठ ८ : जिल्ला प्रशासन कार्यालय काठमाडौंले संजिव थापाको नेतृत्वमा रहेको नेपाल रेडक्रसको पूरानो समितिलाई विघटन गरी नयाँ तदर्थ समिति गठन गरिदिएको छ । विगत लामो समयदेखि रेडक्रसको भ्रष्टाचारकाे विषयमा आवाज उठ्दै आएकोमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधवार व्यास उपर कारबाही गरी नयाँ तदर्थ समिति गठन गरिदिएको हो ।

जेठ ६ गतेको निर्णयबाट गठन गरिएको तदर्थ समितिमा १७ सदस्य रहेको छ । प्रा. डा. विश्वकेशर मास्केको नेतृत्वमा रेडक्रसको तदर्थ समिति गठन गरिएको छ । तदर्थ समितिको उपाध्यक्षमा कृष्ण गौतम (बर्दिया), महामन्त्री कलम प्रसाद निरौला (झापा), कोषाध्यक्ष सिताराम कोइराला (धादिङ) रहेका छन् ।

यसै गरी अन्य सदस्यहरूमा वीरबहादुर बस्नेत (जाजरकोट), लोकराज ढकाल (झापा), अशोक श्रेष्ठ (सिन्धुली), श्याम पोखरेल (पर्सा), दीपक मिश्र (महोत्तरी), गोवर्द्धन सम्झना (बाँके), मशेश्वरी राई (उदयपुर), खेमराज केसी (दैलेख), श्रीकृष्ण ढकाल (तेह्रथुम), दीपेन्द्र ढकाल (कास्की), अरुण खनाल (तनहुँ), तिर्थराज घिमिरे (चितवन), र श्रीमती जीवन राना (कैलाली) रहेका छन् ।

यस अघि नेतृत्व गरेका संजिव थापाको समितिले थाई सरकारले थाई रेडक्रस मार्फत नेपाल रेडक्रस साेसाइटीलाई दिएको ४० लाख डलरमा व्यापक भ्रष्टाचार बारे सूचना आएपछि थाई सरकारले परराष्ट्र मन्त्रालयमा जिज्ञासासहित पत्राचार गरेको थियो ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पपछि सामाजिक संस्था रेडक्रससम्म भ्रष्टाचार मौलाएको बताइन्छ । दैवी प्रकोपका लागि राखिएको समानको केन्द्रीय गोदामको जग्गा र प्रदशनीमार्गमा बनिरहेको केन्द्रीय रक्त रञ्चारमा समेत अनियमितता भएको बताइन्छ ।

सार्वजनिक खरिद नियमावलीलाई समेत मिचेर जग्गा खरिद गरिएको स्रोतको दाबी छ । रेडक्रसको भ्रष्टाचारको विषयमा लामो समयदेखि आवाज उठाउँदै आएका नेकपाका समाजिक सङ्घ संस्था अन्तर्गत समाजिक सेवा विभागका सदस्य प्रकाश भुजेलले  कार्यालयको कदमको स्वागत गर्दै साहसिक कदम भनेका छन् ।

भूगोलले सार्वजनिक संस्थाका नाममा तीन वर्षदेखि सगरमाथाको चुचुरोमा जस्तो रेडक्रसको भ्रष्टाचार मुक्त गर्ने अभियानमा लागेका प्रशासन कार्यालयलाई धन्यवाद दिएका छन् । यो समाचार तयार पार्दासमेत विघटित रेडक्रसका अध्यक्ष थापाले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बयान दिइरहेका छन् ।

नयाँ तदर्थ समितिले के गर्ने तल हेर्नुहोस्

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.