रहेनन् पूर्वका चर्चित बालरोग विशेषज्ञ बिमल अग्रवाल

रिपोर्ट नेपाल | 2019 May 22 | 03:19 pm 2431

काडमाडौं, जेठ ८ : विराटनगरका चर्चित बाल रोग विशेषज्ञ डा. बिमल अग्रवालको निधन भएको छ। मस्तिष्कघात भएपछि बैशाख २४ गते नाेबेल अस्पताल भर्ना भएका डा. अग्रवालको उपचारका क्रममा मंगलबार राति १०ः५८ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ।

६ वर्षदेखि कोसी अस्पतालमा कार्यरत अग्रवाललाई मस्तिष्कघात भएपछि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

डा. अग्रवालको उपचारमा बरिष्ठ न्यूरो फिजिसियन डा. डिल्लीराम काफ्ले, बरिष्ठ न्यूरो सर्जन डा. प्रकाश काफ्ले, बरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजेश नेपाल सहभागी थिए। परिवारले चिकित्सकको लापरवाहीका कारण निधन भएको आरोप लगाएका छन्। ४३ वर्षीय डा. अग्रवाल पूर्वीक्षेत्र कै चर्चित बालरोग विशेषज्ञ मानिन्थे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.