काठमाडौं- अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीको खेल जिवनको यो अन्तिम विश्व कप हो । उनले विश्वसकप शुरुहुनुभन्दा केही दिन अघिमात्र सन्यासको घोषणा गरेका थिए ।
मेस्सीले अर्जेन्टिनको कप्तानी समाल्हेदेखी देशलार्इ कुनै पनि महत्वपूर्ण पदक दिलाउन सकेका छैनन् । व्यकिगत रुपमा उनी निकै राम्रो खेल कला गर्ने खेलाडी हुन । २०१४ को विश्वकपमा उपविजेता बनेको अर्जेन्टिनाले सन् २०१५र २०१६ कोपा अमेरिका टुर्नामेन्टमा पनि अन्तिममा चिप्लिएको थियो ।
यस वर्षको ट्रफि दिलाउनैपर्ने मेस्सीलार्इ दबाब छ । उनले आफ्नो मुलुकका लागी राम्रव् गर्न नसकेको आरोप लागिरहेको छ । यदी उनले यस वर्ष रसियाबाट ट्रफी उचाल्न सके भने यी सबै आरोपहरु फिक्का हुनेछन् ।
अर्जेन्टिनाका फ्यानहरु यतीखेर जटिल परिस्थितीमा छन् । मेस्सी, जो ओलम्पिक स्वर्ण पदक विजेता खेलाडी हुन् । उनले १२६ क्याप पाएका छन भने अन्तर्राष्ट्रिय स्तरका खेलहरुमा ६४ गोल गरेका छन् । संसारभर मेस्सीका लाखौ फ्यानहरु छन् । उनका फ्यानहरु संसारभरबाट यसपटक मेस्सीले ट्रफी उचाल्नै भर्ने भन्दै ¥यालीहरु तथा समर्थनका लागि अभियानहरु भलाएका छन ।
कुनैसमय थियो अर्जेन्टिनाले मेस्सीलाई केही समयका लागि मात्र अनुबन्द गरेको थियो, तर, त्यो समय आयो की अर्जेन्टिनालाई मेस्सीको विकल्प छैन । मेस्सीले तीन विश्वकप खेलीसकेका छन् । जसमा दुई विश्वकमा क्वाटरफाइनल बाटै विदा भएपनि सन् २०१४ मा भने निकै पिडादायक हार व्यहोर्नुपर्यो ।
विश्वकपको तस्रो दिनको दोस्रो खेलमा अर्जेन्टिनाले आइसल्याण्डसँग सामना गर्दैछ । आइस्ल्याडसँग सहज जितको अनुमान गरेको अर्जेन्टिनाले त्यही अुनुसार तयारीलाई अघि बढाएको छ ।
खेल नेपाली समयअनुसार शनिबार ६ः४५ बजे रसियाको मस्कोस्थित स्पार्टक रंगशालमा हुँदैछ ।